३० अंकले घट्याे सेयर बजार, काराेबार रकम ४ अर्ब
मेरोन्यूज
२०८० पुष १७ गते १५:४४

काठमाडौं । साताको तेस्रोदिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३० दशमलव ०५ अंकले घटेर २,०३० का विन्दुमा झरेको हो ।
मंगलबार ३७ कम्पनीको मुल्य बढेको छ भने २०५ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३०५ कम्पनीको १ करोड १० लाख ६९ हजार ९६८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएकाे छ । आज यस कम्पनीको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै हाथवे इन्भेष्टमेन्टको १४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सिटिजन लाइफको १४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १२ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
सम्बन्धित
















अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया