कोशीलाई पराजित गर्दै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि जितेको हो । विजेता एपीएफ क्लबले रु पाँच लाख तथा उपविजेता कोशीले रु तीन लाख पुरस्कार प्राप्त ग¥यो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै एपीएफ क्लबले कोशी प्रदेशसामु जितका लागि एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोशीले २० ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय तीन रन मात्र बनाउन सक्यो । यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले सात विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अद्र्धशतकीय पारी खेलिन् । उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन् । सो क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गरिन् । यस्तै ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाइन् ।
बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन् । उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन् । पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन् । यस्तै एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक–एक विकेट लिइन् ।
यस्तै कोशी प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रुबिना क्षेत्रीले अद्र्धशकतीय पारी खेलिन् । उनले ६२ रन बनाइन् । क्षेत्रीले ५८ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरिन् । यस्तै काजल श्रेष्ठले २९ बलमा २२ रन बनाइन् ।
बलिङतर्फ एपीएफ क्लबका लागि करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिइन् ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया