रेड्मी १२ सी अब छुट मूल्यमा

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अंग्रेजी नयाँ वर्षको उत्सवमा थप खुशी थप्न स्मार्टफोन ‘रेड्मी १२ सी’को मूल्य घटाएको छ । आफ्ना उपभोक्ताहरूलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उदेश्यले ‘रेड्मी १२ सी’मा अफर स्वरुप मूल्य घटाएको शाओमीले जनाएको छ ।
‘अंग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउनका लागि ‘रेड्मी १२ सी’ को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी छौँ र हामी विश्वस्त छौँ कि ‘रेड्मी १२ सी’ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहनेछ’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने ।
मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित ‘रेड्मी १२ सी’ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ ।
‘रेड्मी १२ सीुमा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ’ उनले भने ‘मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१ याच डीं डिस्प्ले रहेको छ । फोनको फिंगरप्रिन्ट सेन्सरले तपाईंको डाटा २४/७ सुरक्षित छ भनी सुनिश्चित गर्दछु उनले भने ।
शाओमीका अनुसार ‘रेड्मी १२ सी’ म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ । यो ४ जीबी ं ६४ जीबी र ६ जीबी १२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ ।
रेडमी १२ सी ४ं६४ जीबी –वास्तविक मूल्य रु १४,४९९ र छुट मूल्य रु १२,९९९ रहेको शाओमीले जनाएको छ ।
रेडमी १२ सी ६ं१२८ जीबी –वास्तविक मूल्य रु १६,९९९ र छुट मूल्य रु १५,९९९ रहेको छ । रेडमी १२ सी देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध शाओमीले जानकारी दिएको छ ।
















बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया