कान्ति बाल अस्पताललाई सहयोग गर्ने मन्त्री बस्नेतको प्रतिबद्धता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि सबै प्रकारको सहयोग उपलब्ध गराउन मन्त्रालय तयार रहेको बताएका छन् ।
अस्पतालको ६२ औँ वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले अस्पताललाई राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थाका रुपमा निर्माण गर्न शहरी विकास मन्त्रालयसँग तत्काल छलफल सुरु गर्ने बताए ।
सो अवसरमा मन्त्री बस्नेतले एक हजार शय्या क्षमतासहितको उक्त अध्ययन संस्थानका लागि आवश्यक पर्ने भवन निर्माणको तयारी गरिने विश्वास दिलाए ।
समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छाले सातै प्रदेशमा प्रदेशस्तरीय बाल अस्पतालको सञ्चालन गर्न आवश्यक भएको बताए । उनले कान्ति बाल अस्पतालमा शय्या थप्दैमा सेवाग्राहीले सहज रुपमा उपचार सेवा पाउन नसक्ने भन्दै सेवा विकेन्द्रीकरण गर्न सुझाव दिए ।
अस्पतालका निर्देशक डा पङ्कज रायले पर्याप्त जनशक्ति र शय्याको अभावबारे मन्त्रीको ध्यानाकर्षण गराए । “उपचार सेवा लिन आउनुभएका धेरै बिरामीले लामो समयसम्म कुर्नुपर्ने बाध्यता छ, अस्पताल आउने सबैलाई शय्या पुर्याउन हम्मेहम्मे छ”, डा रायले भने, “एक चिकित्सकले पाँच चिकित्सक र एक नर्सले पाँच नर्सको काम गर्नुपर्ने अवस्था छ ।”
वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले अस्पताललाई जापान सरकारबाट प्राप्त एमआरआई र सिटी मेसिन जडानको उद्घाटन गरे ।
निर्देशक रायका अनुसार आर्थिक वर्ष २०७९/८० मा अस्पतालबाट एक लाख ९९ हजार दुई सय ५६ जना बालबालिकाले उपचार सेवा लिएका छन् । दुई हजार आठ सय ४२ जनाले शल्यक्रिया उपचार सेवा लिएका छन् । ६२ वर्षअघि ५० शय्याबाट सुरु भएको अस्पतालले पछिल्लो समय तीन सय ५२ शय्याबाट उपचार सेवा उपलब्ध गराउँदै आएको छ । अस्पताल विकास समितिकोतर्फ स्वीकृत दरबन्दी दुई सय ७५ जना रहेको छ ।
अस्पतालका निर्देशक डा रायले सातै प्रदेशका बालबालिकाको ‘रिफरल’ अस्पतालका रुपमा विकास गर्ने, बाल स्वास्थ्यका सबै विशिष्टीकृत सेवा उपलब्ध गराउने र बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए ।
















आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया