सुपर कपको फाइनलमा बार्सिलोना, उपाधिका लागि रियल म्याड्रिडसँग भिड्ने
मेरोन्यूज
२०८० पुष २७ गते ९:०९

काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बिहान साउदी अरेबियाको रियादमा भएको खेलमा ओसासुनालाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनाले फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको हो ।
बार्सिलोनाका लागि रोबर्ट लोवान्डोस्की र लामाइन यमलले एक–एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९औँ मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि सुरुवाती गोल गरेका थिए । त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा यमलले गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।
सुपर कपको उपाधीका लागि बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त आइतबार हुनेछ ।
सम्बन्धित
















संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया