प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीका अनुसार टोलीका अन्य खेलाडीमा टेक रावत, गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा, किरनकुमार ठगुन्ना, नारायण जोशी, शेर मल्ल, नरेन साउँद, प्रकाश पाण्डेय, मिलन बोहरा, विकास आग्री, दीपक चन्द र भोराज भट्ट रहेका छन् । यस्तै अभिषेक पाल, वसन्त खत्री, युवराज खत्री र सञ्जय बोहरा वैकल्पिक खेलाडीका रूपमा छनोट भएका छन् ।
हालै सम्पन्न छनोट प्रतियोगिता र त्यसपछि सञ्चालन गरिएको बन्द प्रशिक्षणमा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी टोलीमा परेका अध्यक्ष जोशीले बताए । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पहिलो खेल आगामी माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेशसँग खेल्ने तय भएको छ ।
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
माधव नेपाल अस्पताल भर्ना
प्रतिक्रिया