‘नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई

खोटाङ । खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले जितेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी–६ मा शनिबार सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्टस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधि हात पारेको हो ।
उपाधिसँगै दोर्पाचिउरीडाँडाले रु एक लाख ५० हजार तथा उपविजेता नेर्पा स्पोर्टस क्लबले रु ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोर्पाचिउरीडाँडाका लागि दुवै गोल बिजु भुजेलले गरेका थिए ।
यस्तै नेर्पा स्पोर्टस क्लबका लागि सुरज राईले गोल गरेका थिए । प्रतियोगितामा सेमिफाइन खेलेका रतन्छा र दोर्पाबुवालुङ टोलीलाई रु २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा दोर्पाचिउरीडाँडाका बिजु भुजेलल सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट प्रशिक्षक दोर्पाचिउरीडाँडाकै दिपेश राई चुनिए ।
विजेता टोली तथा खेलाडीलाई सांसद रामकुमार राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार वितरण गरेका थिए । यही पुस २२ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १८ टोली सहभागी भएको आयोजक संस्थाले जनाएको छ ।
















वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया