सोमबार, चैत २३, २०८२

प्रधानमन्त्री कप क्रिकेट : आर्मी ९७ रनमा अलआउट, सूर्यले लिए ५ विकेट

मेरोन्यूज २०८० माघ ३ गते १३:१०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई जितका लागि ९८ रनको सामान्य लक्ष्य दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ९७ रनमा समेटियो ।

आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए भने बिबेक यादवले ११ रन जोडे ।

बागमतीका सूर्य तामाङले ५ विकेट लिए भने प्रतिश जिसीले र रिजन ढकालले समान दुई÷दुई विकेट लिए । त्यस्तै, कृर्जन गुरुङले एक विकेट लिए ।

प्रतिक्रिया