बागमती प्रदेशले आर्मीलाई ३ विकेटले हरायो

काठमाडौँ । बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।
आर्मीले दिएको ९८ रनको लक्ष्य पछाएको बागमती प्रदेशले २२.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि बागमतीका सुर्य तामाङले ५ विकेट लिएपछि आर्मीको ब्याटिंग लाइन धारासायी भएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको आर्मी २७.१ ओभरमा अलआउट हुदै ९७ रन मात्र बनाएको थियो ।
बागमती प्रदेशका बलर प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए भने क्रिजन गुरुङले एक विकेट लिएका थिए ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्बाधिक २८ रन बनाए भने भिम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए ।
यो बागमती प्रदेशको जारी प्रतियोगितामा दोस्रो जित हो । ४ खेलमा २ जित र २ हारसहित बागमतीको ४ अंक भएको छ । त्यस्तै आर्मीको भने यो दोस्रो खेलमा पहिलो हार हो ।
अब आर्मीले अर्को खेल विहिबार कोशी प्रदेशविरुद्ध खेल्ने छ भने बागमती प्रदेशले शुक्रबार कोशी प्रदेशविरुद्ध नै खेल्ने छ ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया