पर्वतमा रैथाने बालीको संरक्षण गरिँदै

पर्वत । यहाँ रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्न थालिएको छ । स्थानीय उत्पादन र रैथाने बालीका उत्पादित वस्तुको उपभोग घट्ने तथा आयातित खाद्यान्नको उपभोग बढ्दै जान थालेपछि संरक्षण र प्रवद्र्धन गर्न थालिएको हो ।
परम्परागत रैथाने बाली लोप हुँदै गएको र उपभोगसमेत घट्न थालेपछि कृषि ज्ञान केन्द्रले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको हो । स्थानीय किसानलाई जैविक खाद्यवस्तुमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण तथा रैथाने बाली प्रवद्र्धन गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यहाँ उत्पादन हुने धान, मकै, कोदो, फापर, सिमी, चिनो, कागुनो, लट्टे, जौ, गहुँ, तोरीलगायत अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिए ।
रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेका कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी पाइने भएकाले संरक्षणमा जोड दिइएको पौडेलको भनाइ छ ।
पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको माग बढेको भए पनि कसरी उपयोग गर्ने भन्ने ज्ञानसमेत सहरी क्षेत्रमा हराउँदै गएकाले किसानलाई परिकार बनाउने र बजारीकरण गर्ने गरी तालिम दिने गरिएको सो कार्यालयले जनाएको छ ।
स्थानीय बजारमा फापर, कोदो र मकैको पीठो, कागुनोलगायत बालीको माग बढेको छ । रैथान बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्नसक्ने सम्भावना रहेको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष रैथाने बाली उत्पादन तथा प्रवद्र्धन कार्यक्रमका लागि रु पाँच लाख र प्रशोधन तथा बजारीकरणका लागि रु चार लाख रकम विनियोजन गरिएको छ ।
यसैबीच, कृषि ज्ञान केन्द्रले रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनका विभिन्न परिकार बनाई खुवाउने गरेको छ । केन्द्रमा शुक्रबार जिल्लाका कार्यालय प्रमुख, सङ्घसंस्था साथै किसानलाई परिकार बनाएर खुवाइएको हो । यसले रैथाने बालीका उत्पादनका परिकार बनाउने र खाने प्रचलन बढ्ने अधिकृत पौडेलको भनाइ छ ।
स्थानीय होटलमा समेत रैथाने बालीका उत्पादनका विभिन्न परिकार पाइने गरेको भए पनि सोचेजस्तो उपभोग भने हुन नसकेको किसान विनोद भुसालले बताए ।
















गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया