यु-१९ विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (आइतबार) पहिलो खेल खेल्दैछ। नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डको समाना गर्दैछ।
८ वर्षपछि १९ वर्ष मुनिको विश्वकप खेल्न लागेको नेपाल न्यूजिल्याण्डविरुद्धको अपराजित यात्रालाई कायम गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। यू–१९ विश्वकपमा यसअघि न्यूजिल्याण्डविरुद्ध २ पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ। नेपालले सन् २००६ मा भएको विश्वकपमा १ विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्यूजिल्याण्डलाई हराएको थियो।
यसअघि नेपालले सन् २०१६ को यू–१९ विश्वकप खेलेको थियो । त्यसबेला नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरे पनि अन्तिम–८ को खेलमा बंगलादेशसँग पराजित भएपछि नेपालको चुनौती समाप्त भएको थियो ।
नेपाल र न्यूजिल्याण्डको खेल नेपाली समयानुसार आइतबार दिउँसो १:४५ बजे सुरु हुनेछ।
प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।
आजको खेलपछि नेपालले जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया