प्रधानमन्त्री कप : एपीएफमाथि पुलिसको शानदार जित

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत साेमबार भएकाे खेलमा नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित हासिल गरेको छ । भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो ।
पुलिस क्लबले दिएको १४६ रनको लक्ष्य पछाएको एपीएफले ३४ ओभरमा अलआउट हुदै ८७ रन मात्र बनाएको थियो । एपीएफको ब्याटिंग लाइनलाई ध्वस्त गर्न पुलिसका बलर ललित राजबंशीले ५ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको पुलिस क्लबले ४१ ओभरमा अलआउट हुदै १४५ रन बनाएको थियो ।
पुलिस क्लब जारी पीएम कपमा पराजित रहदै लगातार चार खेलमा जित हासिल गरेको छ र ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एपीएफले भने दोस्रो हार बेहोरेको छ । चार खेलमा ४ अंकसहित एपीएफ छैटौं स्थानमा रहेको छ ।
अब एपीएफले अर्को खेल मंगलबार त्रिभुवन आर्मीसँग खेल्ने छ भने पुलिस क्लबले बुधबार मुलपानीमा मधेश प्रदेशविरुद्ध खेल्ने छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया