एपीएफसँग लुम्बिनी ७ विकेटले पराजित
मेरोन्यूज
२०८० माघ ११ गते १४:१७

काठमाडौँ । एपीएफ क्लबले जारी पीएम कपमा तेस्रो जित हासिल गरेको छ ।
बिहीबार भैरहवामा सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनी प्रदेशले दिएको १३४ रनको लक्ष्य पछाएको एपीएफले २२.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।
यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभरमा अल आउट हुदै १३३ रन बनाएको थियो ।
यो जितपछि एपीएफको ६ खेलमा ६ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशले भने चौथो हार बेहोरेको छ । ५ खेलमा २ अंकसहित लुम्बिनी नवौं स्थानमा रहेको छ ।
अब एपीएफले अर्को खेल शनिबार मुलपानीमा गण्डकी प्रदेशसँग खेल्ने छ । त्यस्तै लुम्बिनी प्रदेशले शनिबार नै टियु मैदानमा बागमती प्रदेशसँग खेल्ने छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया