प्रधानमन्त्री कपमा मधेश र बागमती प्रदेश विजयी

काठमाडौँ। प्रधानमन्त्री कप अन्तर्गत विहिबार सम्पन्न खेलमा मधेश प्रदेश र बागमती प्रदेशले जित हासिल गरेका छन् ।
टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको ३३६ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ३९.५ ओभरमा अल आउट हुदै १९० रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गर्दै मधेश प्रदेशले अनिल शाहको १२७ तथा अरनिको यादवको ६३ रनको मद्दतले ५० ओभरमा ५ विकेट गुमाउदै ३३५ रन बनाएको थियो ।
यो जितपछि मधेश प्रदेशको ८ खेलमा ५ जितसहित १० अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै गण्डकी प्रदेशको भने ६ खेलमा ४ अंक रहेको छ र आठौँ स्थानमा छ ।
त्यस्तै विहिबार नै मुलपानी मैदानमा सम्पन्न अर्को खेलमा बागमती प्रदेशले सुदूरपश्चिमलाई ९७ रनले पराजित गरेको हो । बागमती प्रदेशले दिएको २४८ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ३०३ ओभरमा अल आउट हुदै १५० रन मात्र बनाएको थियो । यस अघि बागमती प्रदेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको थियो ।
यो जितपछि बागमती प्रदेश ८ खेलमा १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै सुदूरपश्चिमको भने ६ खेलमा ८ अंकसहित पाँचौं स्थानमा झरेको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया