प्रधानमन्त्री कपमा एपीएफकाे चौथो जित
मेरोन्यूज
२०८० माघ १३ गते १५:५८

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको खेलमा नेपाल एपीएफ क्लबले चौथो जित हात निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई ८८ रनले पराजित गर्दै एपीएफले सात खेलमा चौथो जित हासिल गरेको हो ।
एपीएफले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १९ रनमात्र बनाउन सक्यो ।
गण्डकीका लागि समिर कँडेलले ३३ तथा इश्वर क्षेत्रीले २८ रन बनाए ।
एपीएफका अमर रौटेलाले सर्वाधिक ४, मौसम ढकालले ३, भुवन कार्कीले २ र रमेश कुर्मीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय ७ रन जोड्यो ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया