‘द अनब्रेकेबलः अगस्त्य’का लागि सौगात मल्लले घटाए २० किलो तौल

काठमाडौँ । नेपाली चलचित्रमा आफूले निर्वाह गर्ने भूमिकाप्रति कलाकार गम्भीर नरहेको चर्चा हुने गर्छ ।
सीमित बजेट र समयका कारण कलाकारले पात्रलाई आफूअनुकूल तयार गर्न नसकेको गुनासो गर्ने गरेका छन् । तर पछिल्लो समय अभिनेता सौगात मल्लले अभिनय गरेको ‘द अनब्रेकेबल स् अगस्त्य’ को श्रव्यदृश्य सार्वजनिक भएसँगै मेहनतको प्रशंसा भइरहेको छ ।
अभिनेता मल्लले उक्त चलचित्रका लागि आफ्नो तौल २० किलोग्राम घटाएको जानकारी दिए । “पात्रबारे बुझेरै मैले यसको तयारी तीन–चार महिना अगाडिदेखि नै गरिरहेको थिएँ । खानपानबाटै मैले उक्त तौल घटाउन सफल भएँ”, अभिनेता मल्लले भने, “तौल घटेको दृश्य सकेर बढेको भागको छायाङ्कन गरेको हुँ । उक्त पात्रलाई सक्दो जीवन्त बनाउने प्रयास गरेको छु ।”
उहाँले चलचित्रमा लगभग दुवै आवरणमा आफूलाई देख्न सकिने जानकारी दिए । चलचित्रका निर्देशक सौरभ चौधरी यसको निर्माण दुई भागमा गरिएको जानकारी दिए ।
“हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरिएको छ । यसले मनोरञ्जनसँगै हाम्रो समाजमा घटिरहेको घटनालाई देखाइने छ”, निर्देशक चौधरीले भन्नुभयो । चलचित्रमा प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायतका कलाकारले अभिनय गर्नुभएको छ । यो फागुन १८ मा नेपालमा प्रदर्शन हुँदैछ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया