जापानद्वारा नेपाल जुडो सङ्घलाई पोशाक हस्तान्तरण

काठमाडौँ । जापानले नेपाल जुडो सङ्घलाई दुई सय ४० थान जुडो पोशाक सहयोगस्वरुप प्रदान गरेको छ । यहाँस्थित जापानी दूतावासमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले उक्त सामग्री जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गरे ।
त्यस अवसरमा नेपाल जुडो सङ्घका पदाधिकारी तथा सदस्य, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलगायत सहभागी थिए । राजदूत किकुताले यस सहयोगबाट एसियाली खेलकुद ऐची–नागोया २०२६ लाई लक्षित गरी प्रशिक्षण गरिरहेका नेपालका जुडो खेलाडीलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे। उक्त सामग्री अल जापान जुडो फेडेरेसन र ‘जुडोज’द्वारा प्रदान गरिएको हो ।
सो अवसरमा राजदूत किकुताले जुडोले खेलाडीका लागि कौशलता स्वस्थ शरीरका साथै युवाहरूको शारीरिक र मानसिक विकासमा समेत मद्दत गर्न योगदान गर्ने उल्लेख गरे ।
जुडो सङ्घका अध्यक्ष बज्राचार्यले उक्त सहयोगले नेपालका जुडो खेलाडीहरू प्रोत्साहन हुने बताउँदै सहयोगका लागि जापानप्रति आभार व्यक्त गरेका थिए।
















पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया