एक खेलअगावै नेपालले जित्यो क्यानडाविरूद्धको सिरिज
मेरोन्यूज
२०८० माघ २७ गते १६:३५

काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ।
शनिबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी रहँदै जितेको हो।
क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाए । यस्तै देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।
पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएकाे थियो। आजको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो।
नेपालले सिरिजको अन्तिम खेल सोमबार खेल्नेछ।
सम्बन्धित















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया