बुधबार, चैत २५, २०८२

कुवेतले नेपाललाई दियाे ७४ रनको लक्ष्य

मेरोन्यूज २०८० फागुन २ गते १३:१३

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।

कुवेतलाई ७३ रनमै राेक्न नेपालकी सीता राना मगरले ह्याट्रिक गरिन्। उनले १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् ।

तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् । चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् ।

यस्तै कविता कुंवर र रुबिना क्षेत्रीले समान २/२ विकेट लिए ।

प्रतिक्रिया