इङ्ल्याण्डमाथि भारत ४३४ रनले विजयी
मेरोन्यूज
२०८० फागुन ६ गते १७:४७

काठमाडौँ। भारतले इङ्ल्याण्डलाई ४३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
जारी टेस्ट सिरिजको तेस्रो टेस्टमा भारतले दिएको ५५७ रनको लक्ष्य पछाएको इङल्याण्ड १२२ रन बनाएर अलआउट भएपछि भारत ४३४ रनले विजयी भएको हो ।
दोस्रो इनिंगमा इङल्याण्डको ब्याटिंग ध्वस्त गर्नेक्रममा रविन्द्र जडेजाले ५ विकेट लिएका थिए भने कुलदिप यादवले २ विकेट लिएका थिए ।
भारतले यस टेस्टको पहिलो इनिंगमा ४४५ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ३१९ रन बनाएको थियो । पहिलो इनिंगमा १२६ रनको अग्रता बनाएको भारतले दोस्रो इनिंगमा ४३० रन बनाएर इनिंग घोषणा गर्दै इङल्याण्डले ५५७ रनको लक्ष्य पाएको थियो ।
यस टेस्टमा भारतका यशस्वी जैसवालले दोस्रो इनिंगमा २१४ रन बनाएका थिए ।
योसँगै ५ खेलको टेस्ट सिरिज २-१ ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल फेब्रुअरी २३ देखि राँचीमा हुने छ ।
सम्बन्धित
















राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया