प्रथम ओएसिस महिला गोल्डकपको उपाधि मानेभञ्ज्याङलाई

इलाम । इलाम सदरमुकाममा सञ्चालित प्रथम ओएसिस महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको दार्जिलिङस्थित मानेभञ्ज्याङ फुटबल क्लबले जितेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा इलामको दीपेन्द्रशिखर फुटबल क्लब ३–० गोलको फराकिलो अन्तरमा पराजित गर्दै मानेभञ्ज्याङले उपाधि चुमेको छ । मानेभञ्ज्याङलाई उपाधि जिताउन सिम्रन गुरुङ र सुस्मिता लेप्चाको योगदान रह्यो । खेलको नवौँ मिनेटमा नै मानेभञ्ज्याङकी सिम्रन गुरुङले पहिलो गोल गर्दै टोलीलाई अग्रतामा पु¥याएका थिए । २५औँ मिनेटमा सुस्मिता लेप्चाले गोल गर्दै अग्रता दोब्बर बनाए। ६७औँ मिनेटमा पुनः सिम्रन गुरुङले दोस्रो गोल गर्दै टोलीलाई ३–० को जितमा उपाधि दिलाए ।
सुरुदेखि विपक्षीको दबाबमा परेको दीपेन्द्रशिखरले रक्षात्मक खेल्न नसक्दा उपविजेतामा चित्त बुझाउँनु परेको थियो । उपाधि जितेको मानेभञ्ज्याङले नगद रु दुई लाखसहित ट्रफी हात पा¥यो । उपविजेता बनेको दीपेन्द्रशिखरले नगद रु एक लाखमा चित्त बुझायो । फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता मानेभञ्ज्याङकी सिम्रन गुरुङ घोषित भए । उनले नगद रु पाँच हजार प्राप्त गरे ।
प्रतियोगितामा मानेभञ्ज्याङका पाँच खेलाडीले उत्कृष्ट चार विधाकार पुरस्कार प्राप्त ग¥यो । उत्कृष्ट गोरक्षक विजेता मानेभञ्ज्याङकी ग्युमरी तामाङ, उत्कृष्ट फरवार्ड सिम्रन गुरुङ, उत्कृष्ट डिफेन्डर निमिता गुरुङ र सर्वोत्कृष्ट खेलाडी मरक घोषित हुँदै नगद रु पाँच हजार र ट्रफी पाए ।
त्यस्तै, उत्कृष्ट मिडफिल्डर सप्तरीको नमोबुद्ध युथ क्लबकी प्रतीक्षा राई र उदियमान खेलाडी आयोजक क्लब ओएसिसकी आयशा राई घोषित हुँदै नगद रु पाँच÷पाँच हजार र ट्रफी प्राप्त गरे । सर्वाधिक गोलकर्ता भने दुई खेलाडी घोषित भए । प्रतियोगिताभर तीन–तीन गोल गरेका र मानेभञ्ज्याङकी सिम्रन गुरुङ र झापाको विर्तामोड युनाइटेडकी समीक्षा मगर घोषित हुँदै नगद रु पाँच हजार र ट्रफी पाए ।
विजेता र उपविजेता टोली र खेलाडीलाई इलाम नगरपालिका प्रमुख केदार थापाले पुरस्कार वितरण गरे। क्लब ओएसिस इलामको आयोजनामा फागुन ३ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपाल र भारतका आठवटा महिला टोलीको सहभागिता रहेको थियो ।
















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
National Assembly election report presented to President Paudel
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया