वाफको सेमिफाइनलमा समीकरण पुरा, नेपालको प्रतिद्वन्द्वी लेबनान

काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ। गएराती समूह ‘बि’ का अन्तिम खेल सकिएसँगै सेमिफाइनलको समीकरण टुंगो लागेको हो।
गएराती नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालको जितमा सावित्रा भण्डारीले २ गोल गरेकी थिइन्। योसँगै सावित्राको नेपालका लागि अन्तराष्ट्रिय गोल संख्या ५२ पुगेको छ। त्यसैगरी नेपालका लागिओ रेखा पौडेल र गीता रानाले एक एक गोल गरेका थिए।
यो जितपछि नेपाल समुह चरणमा तिनै खेलमा विजयी हुँदै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ। त्यस्तै हारका बाबजुत प्यालेस्टाइन पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
अब नेपालले सेमिफाइनलमा लेबनानको सामना गर्ने छ। लेबनानले समूह ए मा ३ मध्ये २ खेल जितेको थियो। यो खेल मंगलबार राती नेपाली समय अनुसार १०: ४५ बजेदेखि शुरु हुने छ।
त्यस्तै अर्को सेमिफाइनल खेल जोर्डन र प्यालेस्टाइनबीच हुने छ। यो खेल मंगलबार नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया