टेस्ट क्रिकेटमा आयरल्याण्डकाे पहिलो जित
मेरोन्यूज
२०८० फागुन १८ गते १८:५०

काठमाडौं। आयरल्याण्डले टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको छ।
युएईमा जारी अफगानिस्तानसँगको एक टेस्ट खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो।
अफगानिस्तानले दिएको १११ रनको लक्ष्य आयरल्याण्डले ४ विकेट गुमाउदै पुरा गरेको थियो।
यस टेस्टमा अफगानिस्तानले पहिला ब्याटिंग गर्दै पहिलो इनिंगमा १५५ रन बनाएको थियो भने आयरल्याण्डले पहिलो इनिंगमा २६३ रन बनाएको थियो। त्यस्तै अफगानिस्तानले दोस्रो इनिंगमा २१८ रन बनाएको थियो।
२०१८ मा टेस्ट खेल्ने मान्यता पाएको आयरल्याण्डले आठौँ खेलमा पहिलो जित हासिल गरेको छ। आयरल्याण्डले यसअघि २०१८ मा पाकिस्तानविरुद्ध पहिलो टेस्ट खेलेको थियो। आयरल्याण्डले अहिलेसम्म पाकिस्तान, अफगानिस्तान, इङल्याण्ड, श्रीलंका र बंगलादेशसँग टेस्ट खेल खेलेको छ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया