साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या परेको बताएकी छन् । आइतबार घोराहीमा सरकारी कार्यालयका प्रमुख तथा सूचना प्रविधि अधिकारीका लागि लक्षित गरी आयोजना गरिएको साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले कानुन निर्माणका लागि सरकार अगाडि बढेको समेत उल्लेख गरिन् ।
उनले साइबर सुरक्षासम्बन्धी कानुन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह गरिन् । सबै क्षेत्रको सुझाव सङ्कलन गरेर सरकार कानुन निर्माण गरेर अगाडि बढ्ने बताउँदै उनले हरेक नागरिकलाई सचेत गराउन तीनै तहका सरकारले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
सूचना प्रविधिको प्रयोगले सेवालाई सहज, छिटो बनाइदिने भए पनि कतिपय अवस्थामा दुरुपयोग हुँदा यसको असर धेरै क्षेत्र उनको भनाइ थियो ।
सरकारी कार्यालयमा सूचना तथा तथ्याङ्क सुरक्षित कसरी राख्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजकुमार महर्जनले जानकारी दिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आयोजित अभिमुखीकरणमा पछिल्लो समय बढ्दो साइबर अपराध र यसका चुनौती तथा आवश्यक नीतिगत विषयमा जानकारी गराइएको छ ।
सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले साइबर सुरक्षा संवेदनशील विषय रहेको बताए । नागरिकको सूचना सरकारी निकायसँग रहने भन्दै यसलाई सुरक्षित, व्यवस्थितरुपमा राख्नुपर्ने उनले बताए ।
















सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया