झापा गोल्डकप : न्यूरोड टिम एनआरटीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

झापा । छैटौँ झापा गोल्डकपको आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरको छ ।
विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी गोल्डकपको आजको खेलमा न्यूरोड टिम एनआरटीलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो ।
चर्च ब्वाइज स्टाइकर अवयामी फकुल्नेको गोलमा विजयी भएको हो । खेलको ३६औँ मिनेटमा सञ्जित राईको पासमा अवयामीले गोल गरे । पहिलो हाफमा लिग विजेता चर्च ब्वाइजले एनआरटीलाई दबाबमा राखिरहेको थियो भने दस्रो हालमा एनआरटीले चर्च ब्वाइजलाई दबाबमा राख्यो खेलमा फर्कन सकेन । पाएको अवसरलाई एनआरटीले सदुपयोग गर्न सकेन । खेलको ८६औँ मिनेटमा चर्च ब्वाइज अग्रतालाई दोब्बर बनाउने अवसरलाई सदुपयोग गर्न सकेन ।
यो जितसँगै चर्च ब्वाइजले आयोजक झापा ११ र एन्फा मकवानपुरबीचको विजेता टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ । चर्च ब्वाइज यसअघि भएको खेलमा पुलिस क्लबलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने एनआरटी बाई पाएर क्वाटरफाइनल खेल खेल्न आइपुगेको हो ।
आजको खेलमा ‘म्यान अफ द म्याच’ चर्च ब्वाइजको गोलका लागि उत्कृष्ट पास निकाल्ने सञ्जित राई भए । उनले नगद रु ११ हजार प्राप्त गरे । बुधबारको खेल ए डिभिजन लिगको दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लब र नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजक झापा गोल्डकप आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । यही २८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमबीच प्रतिस्पर्धा हुनेछ ।
















जुम्लामा जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन माग
क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया