त्रिदेशीय शृंखला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
मेरोन्यूज
२०८० फागुन २४ गते २०:३४

काठमाडौं । नेपाल क्रिकेट क्रिकेट संघ (क्यान)ले हङकङमा हुने त्रिदेशीय शृंखला खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।
बिहीबार काठमाडौंमा राखेप सदस्य–सचिव टंकलाल घिसिङलगायत क्यान पदाधिकारीहरूले नेपाली टोलीको बिदाइ गरेका हुन् । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिदेशीय टी–२० आई सिरिज हुनेछ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले उक्त खेलका लागि तयारी राम्रो भएको र युवा खेलाडीका लागि अवसर पनि भएको बताए । उनले हालै भएको खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै खेल प्रदर्शन गर्ने बताए ।
त्यस्तै, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि स्वदेशमा भएका खेलहरूका आधारमा कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताए ।
त्रिदेशीय शृंखलामा फागुन २७ मा नेपाल र हङकङबीच खेल हुनेछ भने नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ ।
सम्बन्धित















हाजिर जमानीमा अध्यक्ष ओली र नेता लेखक रिहा
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया