मैत्रीपूर्ण खेलमा नेपाली सेनाको वज्रदल विजयी

जानकी (बाँके) । महाशिवरात्रि तथा दुई सय ६१औँ सेना दिवसका अवसरमा बाँकेको राँझास्थित वज्रदल गणले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपाली सेनाले एकका विरुद्ध दुई गोल गर्दै विजयी भएको छ ।
आज यहाँ आयोजित मैत्रीपूर्ण खेलमा नेपाल प्रहरीलाई एकका विरुद्ध दुई गोलले हराउँदै वज्रदल गण विजयी भएको हो ।
वज्रदल गणका तर्फबाट सुमन थारूले आठ मिनेटमा एक गोल गर्नुभएको थियो भने सोही गणका निरज खातीले एक गोल गरेका थिए । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय बाँकका तर्फबाट अनिल चौधरीले खेलको सत्रौँ मिनेटमा एक गोल गरेका थिए।
यसैगरी, उक्त मैत्रीपूर्ण भलिबल खेलमा वज्रदल गणले नै विजय हासिल गरेको छ । वज्रदल गण र बाँकेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण मख्यालय वागिश्वरीबीच भएको भलिबल खेलमा २५–१७, २५–१४ को सेटले सशस्त्रलाई पराजित गर्दै वज्रदल गणले जित हात पारेको हो ।
प्रतियोगिताका विजयी खेलाडीलाई जिल्ला न्यायाधीश भीष्मराज प्रसाईंले नगद रु १० हजार पुरस्कार प्रदान गरेका थिए । विभिन्न संस्थालाई सम्मान गरिएको थियो ।
मैत्रीपूर्ण फुटबल र भलिबल खेलको उद्घाटन सत्रमा न्यायाधीश प्रसाईं, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, चार नम्बर वाहिनीका वाहिनीपति सहायकरथी प्रकाश थापा, वज्रदल गणका गणपति प्रमुख सेनानी रवीन श्रेष्ठ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहोरा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विमल डाँगी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख ओम खड्कालगायत उपस्थित थिए ।
















Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया