पाँचौँ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिता, फाइनल प्रवेशका लागि ५ र ६ भिड्दै
मेरोन्यूज
२०८० फागुन ३० गते १०:४९

मोरङ । मोरङको उर्लाबारीमा जारी पाँचौँ उर्लाबारी मेयरकप फुटबल प्रतियोगितामा बुधबार हुने पहिलो सेमिफाइनल खेलमा उर्लाबारी वडा न ५ र ६ भिड्दैछन् ।
उर्लाबारी वडा नम्बर ६ ले आफ्नो पहिलो खेलमा वडा नम्बर २ लाई १-० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो भने वडा नम्बर ५ ले वडा नम्बर ४ लाई २-० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो ।
उर्लाबारी ६ स्थित राधिका माध्यामिक विद्यालयको खेल मैदानमा भइरहेको पाँचौँ उर्लाबारी मेयरकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनल खेल भोलि चैत १ गते वडा नम्बर ३ र ९ बीच हुनेछ । उर्लाबारी नगरपालिकाको मख्य प्रायोजन र उर्लाबारी फूटबल क्लबको आयोजना भएको मेयर कप फुटबलको बिजेताले रु १ लाख र उपबिजेताले रु ५० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया