सोमबार, माघ १२, २०८२

सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छ : प्रधानमन्त्री

मेरोन्यूज २०८० चैत ३ गते १८:०८

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदका स्मृतिमा स्थापना भएका विद्यालयलाई सरकारले अनुदान बढाउने बताए । कास्कीको पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि अनुदान थप्ने प्रतिबद्धता जनाए ।

“सहिद स्मृति प्रतिष्ठानको नेतृत्वमा सञ्चालित देशका पाँचवटै सहिद स्मृति विद्यालय सञ्चालन राज्यले नै गर्नेगरी नयाँ मोडलको खोजी भइरहेको छ”, प्रधानमन्त्रीले भने, “अनुदान दयही वर्षदेखि बढ्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु । उनले सहिद स्मृति विद्यालयहरू नमूनाका रूपमा स्थापित भएकामा खÞुसी व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको अवस्थाबारे जानकारी लिनुभएको थियो । विभिन्न कार्यक्रममा सहभागी हुन आज पोखरा आएका उनी बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा पनि सरिक भए । उनले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया