गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग
मेरोन्यूज
२०८० चैत ६ गते १४:२३

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनासम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ आएसँगै कांग्रेसले प्रमाण प्रशस्तै रहेको दाबी गर्दैैै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सांसद तथा मन्त्रीमाथि प्रश्न उठ्दा राजीनामा दिएर छानबिन गरिएको नेपाली संसदको इतिहास स्मरण गराउँदै सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न समिति गठन गर्न माग गरेका हुन् ।
अन्यथा संसद अवरुद्ध भएमा सरकार दोषी रहने उनको चेतावनी छ ।
सम्बन्धित
















अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया