भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री पुनले उक्त प्रस्ताव पेस गरेका हुन् । आजको बैठकमा विधेयकमाथि छलफल भएको छ ।
भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाइ अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउन भन्दै सरकारले यो विधेयक संसद्मा दर्ता गराएको थियो ।
भन्सार महसुल सङ्कलनमा दक्षता र प्रभावकारिता अभिवृद्धि गरी देशको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले यो विधेयक संसद्मा दर्ता भएको हो । त्यसैगरी भन्सारको प्रक्रियाको सरलीकरण एवं सामञ्जस्यीकरणसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि (रिभाइज्ड क्योटो कन्भेन्सन) बमोजिमका प्रावधानलाई कानुनमा व्यवस्था गर्नका लागि पनि यो विधेयक ल्याइएको जनाइएको छ ।
नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । क्योटो महासन्धिमा भएको व्यवस्थाअनुसार सदस्य राष्ट्रहरुले सदस्य भएको तीन वर्ष सामान्य प्रावधान र पाँच वर्षभित्र सङ्क्रमणकालीन मापदण्ड कार्यान्वयनमा ल्याइसक्नुपर्ने हुन्छ ।
महासन्धिको उक्त व्यवस्था कार्यान्वयनका लागि पनि यो कानुनको मस्यौदा तयार पारेर संसद्मा दर्ता भएको हो ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया