‘मेरी बास्सै’ का कलाकार पुगे कुलेश्वरको नयाँ रेस्टुराँ मिट्पार्कमा, सुनाए आफ्ना अनुभव

काठमाडौं। काठमाडौंको कुलेश्वरमा मिट्पार्क–नन्भेज हेभन रेस्टुराँ खुलेको छ । किरण गौतम, प्रकाश सापकोटा लगायत तीन जना व्यवसायीको लगानीमा रेस्टुराँ सञ्चालनमा आएको हो ।

यसै चैत ३ गते चर्चित हास्य टेलिसिरीयल ‘मेरी बास्सै’ का वरिष्ठ कलाकार सुरवीर पण्डित (दारी बा) र रामचन्द्र अधिकारी (काजी बा) को उपस्थिीतिमा रेस्टुराँको औपचारिक उद्घाटन भएको छ ।
सो क्रममा कलाकारद्वय दारी बा र काजी बाले आफ्ना खानपानबारे अनुभव सुनाएका थिए । नयाँ रेस्टुराँ मिट्पार्क–नन्भेज हेभन रेस्टुराँका परिकारको स्वाद लिएपछि दुबैजनाले तारिफ गरेका थिए ।

मिट्पार्क—नन्भेज हेभन रेस्टुराँले आफ्नो मेनुमा उपलब्ध परिकारहरूमा चैत महिनाभरी १० प्रतिशत छुटको व्यवस्था गरेको छ । सञ्चालकका अनुसार दुई वटा बियर खरिद गर्दा एक पुन्टे बियर र एक सेट सेकुवा निःशुल्क उपलब्ध गराईने छ ।

दाउराको आगोमा बनाईने सेकुवा यहाँको विशेष परिकार हो । यसबाहेक चिकेनका बिभिन्न आइटमहरु यहाँ उपलब्ध छन् । तीन वटा बेग्ला–बेग्लै क्याबिनको सुबिधा भएको मिट्पार्कमा एकै पटकमा १ सय ५० जना बस्न मिल्ने क्षमता छ ।

बिभिन्न पेन्टिङ र आकर्षक सजावट भएको मिट्पार्कमा जन्मदिन, पास्नी, भोज, वार्षिकोत्सव लगायत अन्य बिशेष कार्यक्रमहरु पनि सेलिब्रेट गर्न सकिने छ । सानीमा बैंकको छेउमै रहेको मिट्पार्कमा पर्याप्त पार्किङको सुविधा समेत छ ।
डेढ करोड रूपैयाँको लगानीमा सञ्चालनमा आएको यस रेस्टुराँले २५ जनालाई रोजगारी प्रदान गरेको छ ।












नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया