नेपाली सिनेमा डाइरेक्टरीका रुपमा ‘द फिल्म नेपाल’ अनलाइन

काठमाडौं । नेपाली सिनेमा सम्बन्धि सम्पूर्ण जानकारी दिने अनलाइन प्लेटफर्म ‘द फिल्म नेपाल डटकम’ संचालनमा आएको छ ।
द फिल्म नेपालले संचालनमा ल्याएको उक्त अनलाइन पोर्टलले युट्युब र ओटीटीमा नयाँ रिलिज हुने चलचित्रको अलर्ट समेत दर्शकलाई उपलब्ध गराउने जनाएको छ ।
नेपाली चलचित्र र कलाकारको अनलाइन डाइरेक्टरीको रूपमा रहने द ‘फिल्म नेपाल’मा नेपाली सिनेका विगतदेखि वर्तमानसम्मका सबै जानकारीहरु उपलब्ध हुनेछन् ।
प्रयोगकर्ताको सहजतालाई ध्यान दिएर बनाइएको उक्त प्लेटफर्ममा नेपाली सिनेमा, कलाकार, निर्देशकलगायतका विषयमा जानकारी र समाचारहरु दिनेछ । यसबाहेक रिलिज हुन लागेका सिनेमाको टिजर, ट्रेलर हेर्न र रिभ्यु पढ्न पाउने व्यवस्था समेत गरिएको छ ।
अहिलेसम्म बनेका नेपाली फिल्महरु, तिनका कलाकार र निर्देशहरुका विषयमा पनि व्यवस्थित तथ्यांक यो पोर्टलमा पाउन सकिनेछ भने सिनेमा रेटिङ, रिभ्यु, कलाकारहरुको प्रोफाइल भेरिफिकेसनको सुविधा पनि अनलाइन पोर्टलमा रहेको छ । त्यसबाहेक संचालकहरुले दर्शकले चाहेका फिल्ममा सहज नै पहुँच पु¥याउन सक्ने गरी प्लेटफर्म विकास गरेका छन् ।
नोटिफिकेसन यसको नौलो र फरक फिचर हो । यसले दर्शकलाई नयाँ नेपाली सिनेका रिलिज हुने बितिकै नोटिफिकेसन अलर्टमार्फत जानकारी दिनेछ । भविष्यमा यही प्लेटफर्ममार्फत मल्टीप्लेक्सको सिनेमाको टिकक बुकिङको सुविधासमेत थप्ने योजना संचालकको छ ।
‘समग्र नेपाली सिनेमाको क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउने योजनाका साथ यो प्लेटफर्म संचालनमा ल्याइएको हो,’ संचालक द फिल्म नेपालले भन्यो, ‘यसले नेपाली सिनेमाको डिजिटलाइजेसन र विकासमा पनि टेवा पु¥याउने अपेक्षा गरेका छौं ।’
यसबाहेक पोर्टलमा निर्माण पक्षले शुल्क तिरेर फिल्मलाई फिचर गर्न सक्ने, विज्ञापन राख्न सक्ने अवसरसमेत छ । द फिल्म नेपाल डटकमले सिनेमाहरुलाई पूर्ण डिजिटल प्रमोसन प्याकेजसमेत उपलब्ध गराउने जनाएको छ ।









माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरको मौसम ?
प्रतिक्रिया