नेपालविरुद्ध बहराइनको फराकिलो जित

काठमाडौं । नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ । विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।
यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एच मा लगातार तेस्रो हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो ।
त्यस्तै बहराइनले आफ्नो तेस्रो खेलमा दोस्रो जित हासिल गर्दै ६ अंक हासिल गरेको छ । यस अघि बहराइन युएईसँग २-० ले हारेको थियो भने यमनलाई २-० ले नै जितेको थियो ।
अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ ।
दशरथ रंगशाला खेल लायक नभएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्दै छ ।
















सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया