आइपिएल : मुम्बईमाथि गुजरातको रोमाञ्चक जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ६ रनले पराजित गरेको छ ।
गुजरात टाइटन्सले दिएको १६९ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाएपछि खेल ६ रनले हारेको हो ।
मुम्बईका लागि डेवाल्ड ब्रेभिसले सर्बाधिक ४६ रन बनाए भने रोहित पौडेलले ४३ रन बनाएका थिए । त्यसैगरी तिलक बर्माले २५ र टिम डेविड तथा कप्तान हार्दिक पाण्डेयले ११-११ रन बनाएका थिए ।
त्यसैगरी गुजरात टाइटन्सका बलर अज्मतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २-२ विकेट लिएका थिए भने साइ किशोरले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको थियो ।
गुजरातका लागि साई सुदर्शनले सर्बाधिक ४५ रन बनाए भने कप्तान शुभमन गिलले ३१ रन बनाएका थिए । त्यसैगरी राहुल तेवातियाले २२, रिद्धिमान शाहले १९, अज्मतुल्लाह ओमरजाईले १७ रन बनाएका थिए ।
त्यसैगरी मुम्बई इण्डियन्सका बलर जसप्रित बुमराहले सर्बाधिक ३ विकेट लिए भने गेराल्ड कोएत्जेले २ तथा पियुष चावलाले एक विकेट लिएका थिए ।
यो जितपछि गुजरातले महत्वपूर्ण २ अंक हासिल गरेको छ भने मुम्बईले आइपिएल सिजनको पहिलो खेलमा फेरी हार बेहोरेको छ । मुम्बईले २०१३ यताका आइपिएलको पहिलो खेलमा अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया