‘मेरो माया तिम्रो लागि’ सार्वजनिक

काठमाडौँ । गायक रूपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मणि सुवेदीको प्रस्तुति तथा शब्द र साहस शाक्यको एरेन्ज रहेको गीतमा सङ्गीत गायक डोटेल आफैँले भरेका छन् ।
भावनात्मक शैलीको उक्त गीतमा प्रेमपीडा व्यक्त गरिएको छ । गीतमा गायकले प्रेमिकाले आफ्नो माया नबुझेको गुनासो पोखेका छन् । गीतको भिडियोमा एक जोडी प्रेमीको प्रेम र विछोड देखाउन खोजिएको छ । भिडियोमा गायक डोटेल आफैँ देखिएका छन्, भने उनलाई अभिनयमा गरिमा शर्माले साथ दिएका छन् ।
उत्तम हुमागाईंको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटेलको आफ्नै अफिसियल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोका निर्देशक निकेश खड्का छन् । गायक डोटेलले पाँच सयभन्दा बढी गीतमा स्वर दिइसक्नु भएको छ ।
गायक डोटेलका ‘वनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै हो नि।।’ लगायत थुप्रै गीत चर्चित छन् । डोटेल सेन्टिमेन्टलका अलावा सेमिक्लासिक, लोक, पप र पाश्र्व गायनमा चिनिँदै आएका छन् ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया