सहकारी ठगहरूको पक्षमा फैसला सुनाउन सरकार उद्दत छ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगहरूको पक्षमा सरकारले वकालत गरिरहेको आरोप लगाएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सांसद प्रतिमा गौतमले सहकारी ठगहरूको पक्षमा सरकारले वकालत गरिरहेको बताइन्।
‘सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामाभन्दा उनीहरूलाई न घरको न घाटको बनाउने सहकारी ठगहरूको पक्षमा वकालत गर्ने, फैसला सुनाउन उद्दत भएको देखिन्छ,’ उनले भनिन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा परेको उजुरीमाथि छानबिन नगरी बचाउमा उत्रिएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीज्यू यही संसद्मा आएर गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको कानुनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ, मानौँ वारिङ मेसिनमा राखेर सफाचट्ट पारेर निकालेकोजस्तो गरेर यहाँ बोल्नुहुन्छ,’ उनले भनिन्, ‘आरोपित गृहमन्त्री आफू विरूद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ। दुस्ख लाग्छ, उजुरी त कागजमै लेख्ने होला नि, कि ताम्रपत्र, स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई भने हुन्थ्यो नि।’
संसद, सडक र सामाजिकमा सहकारी ठगीको विषय चर्चामा रहेको भन्दै यसविरुद्ध प्रश्न उठाउनुपर्ने उनले बताइन् ।
















राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया