शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनेले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताएका छन् ।
राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘जनजागरण सभा’ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष लिङ्देनले अवस्था बदल्न, व्यवस्था बदल्नका लागि सरकारलाई ४० बुँदे मागपत्र बुझाएको स्मरण गराउँदै देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्नुपर्ने धारणा राखे ।
उनले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन सङ्घीयता खारेज गरी केन्द्रीय र स्थानीय तहको राज्य संरचना हुनुपर्ने भन्दै राष्ट्रिय एकतालाई बलियो बनाउन नेपालमा हिन्दू राष्ट्र कायम हुनुपर्नेमा जोड दिए ।
उनले राष्ट्रको अभिभावकको रुपमा राजालाई स्थापित गर्न र व्यवस्था बदल्न राप्रपासँग नयाँ सम्झौता गर्नुपर्ने भन्दै अटेर गर्ने र देश र जनतालाई बन्धक बनाउने कार्य राप्रपाका लागि सह्य नहुने विचार राखे ।
उनले अन्य दलले निर्वाचनको सन्दर्भमा मिसन ८४ भनिरहेको अवस्थामा राप्रपा मिसन ८१ मै राज्य शक्तिलाई घुँडा टेकाउन आगामी चैत २७ गते काठमाडौँमा विशाल सभा गर्न लागेको जानकारी गराउँदै अहिले सत्ता साझेदारी र सत्ता स्वार्थका निम्ति देश बन्धक बनेको छ भने ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देश बनाउन राजा र राजनीतिक दल मिल्नुपर्ने बिपी विचारमा सबै राजनीतिक दल हिँड्नुपर्ने सुझाव दिँदै राजनीतिक दलका राष्ट्रिय हितका नीतिगत एजेण्डा लागू गराउन इमान्दार बन्नुपर्ने कुरामा जोड दिए।
राप्रपाका महामन्त्री प्रल्हादप्रसाद साहले सरकारका गलत नीतिले मुलुकको उद्योगधन्दा धराशायी भएको चर्चा गर्दै युवालाई स्वदेशमै रोजगार दिन र अर्थतन्त्रलाई सबल बनाउन उद्योग स्थापना हुनुपर्ने धारणा राखे । राप्रपाका प्रवक्ता भक्तिप्रसाद सिटौलाले नेपालमा बहु दल आएको ३५ वर्ष नाघिसक्दा पनि नेताहरुमा बहुदलीय चरित्र र अभ्यास नदेखिएकाले नेपाली जनता समस्यामा पर्दै गएको बताए।
राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवालको अध्यक्षतामा भएको सो कार्यक्रममा दीपा पोखरेलले पनि बोलेका थिए । यसअघि आजै अध्यक्ष लिङ्देनले पार्टी सत्ताकेन्द्रित गतिविधिमा नलाग्ने बताएका थिए ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टीले प्रदेश या संघीयको सरकार निर्माण गर्ने या भत्काउने कुनै पनि खालको चलखेलमा पार्टी सामेल नहुने नीति रहको स्पष्ट पारे।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया