बुधबार, चैत २५, २०८२

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

मेरोन्यूज २०८० चैत २२ गते १८:४८

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन् । 

मुख्यमन्त्री शाहले बिहिवार दिउँसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । तर, विश्वासको मत पाउने वातावरण बनाउन प्रदेश सभा बैठक ५ बजेसम्म सारिएको थियो ।

माओवादी र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले विश्वासको मत फेरि लिनुपर्ने भएको हो । अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेको बुझिएको छ ।

उनले राप्रपालाई मनाउने प्रयास गरेपनि नाउपाको विवादका कारण उनको आवश्यक मत नपुग्ने भएको हो । 

सत्तारूढ दल नाउपाका २ सांसद विश्वासको मतको विपक्षमा देखिएकाले मुख्यमन्त्री शाहले विश्वासको मतको लागि आवश्यक २७ मत पाउन सक्ने सम्भावना टरेको हो ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका एक एक प्रदेशसभा सांसद रहेका छन् ।
 

प्रतिक्रिया