प्रदेश १ को मन्त्रिपरिषद् पूर्नगठन (को को थपिदैछन् सूचिसहित)

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल पूर्नगठन गर्न लागेका छन् । माओवादी केन्द्र र माधव नेपाल पक्षका नेताहरुले उनी विरुद्द अविश्वासको प्रस्ताव राख्दै सरकारमा रहेका आफ्ना पक्षका मन्त्रीलाई झिक्ने काम समेत उनीहरुले गरेका थिए ।
नेकपाभित्रै अन्तरसंघर्ष पेचिलो वनिरहेका वेला राईका विरुद्ध अविश्वास प्रस्ताव आएपनि सर्वाेच्च अदालतले गत फागुन २३ मा एमाले र माओवादी केन्द्र नै ब्यूताईदिएपछि भने मुख्य मन्त्री राई प्रदेश सभामा वहुमतमा पुगेका थिए ।
माधव नेपाल पक्षका नेताहरुले अविश्वास प्रस्ताव फिर्ता लिईसकेका छन भने माओवादीबट मन्त्री बनेकाको रिक्त रहेको स्थानमा आजै मुख्यमन्त्री राईले केही एमाले तर्फका सांसदलाई राखेर मन्त्रिमण्डल पूर्नगठन गर्न लागेका हुन् ।
नयाँ मन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण गर्ने गरी तयारी भईरहेको मुख्यमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् । त्यस्तै उषाकला राई सामाजिक विकासमन्त्री हुने भएकी छन् ।
हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री हुने भएका छन् । त्यस्तै राम राना कृषिमन्त्री हुने भएको मुख्यमन्त्रीको कार्यालय स्रोतले वताएको छ ।
कला घले र राजकुमार ओझा राज्यमन्त्री नियुक्त हुने भएका छन् ।
















इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
प्रतिक्रिया