टीकापुर पार्कमा एकै दिन तीन लाख सङ्कलन

टीकापुर (कैलाली)। कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यान (टीकापुर पार्क)मा नयाँ वर्ष लागेपछि पर्यटकको आगमन बढेको छ ।
उद्यानमा नयाँ वर्षको पहिलो दिन शनिबार १२ हजार बढी पर्यटक भित्रिएका छन् । पार्कमा शनिबार एकैदिन टिकट शुल्कबाट रू तीन लाख राजस्व सङ्कलन भएको जनाइएको छ ।
उद्यानमा आउनेहरू अधिकांश पार्कमै वनभोज खाने, पार्कसँगै जोडिएको कर्णाली नदीमा र्याफ्टिङ, जेट स्की, वाटरबोटमा आनन्द लिने गरेका उद्यानका इञ्चार्ज अर्जुन कुँवरले बताए । यस वर्षको पहिलो दिन हिजो नदीमा रमाउनेहरू पालो कुरेर बसेका थिए । वनभोजस्थलमा सयौँ समूहले खाना पकाएर खाने, नाचगान गर्नेलगायत मनोरञ्जनात्मक क्रियाकलाप गरेका उनले जानकारी दिए ।
कुनै बेला गुलाबको बगैँचाका नामले चिनिने टीकापुर पार्कमा यतिखेर रत्न उद्यान, ऐश्वर्य उद्यानलगायतका बगैँचामा थरिथरिका गुलाब फुलेका छन् । पार्कमा आउनेहरू महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका, रत्न उद्यान, ऐश्वर्य उद्यानमा फोटो खिच्ने तथा घण्टौँसम्म यहाँ रमाउने गरेका स्थानीय टङ्क थापाले बताए । सुन्दर, शान्त र हराभरा रहेको उक्त पार्क पुग्ने सबैले आनन्द र रमाइलो महसुस गर्ने भएकाले पर्यटकको सङ्ख्या पनि बढ्न थालेको उनको भनाइ छ ।
सुर्खेतबाट ४० जनाको समूह लिएर पार्क घुम्न आउनुभएका हरि कार्कीको पार्कसहित पार्कको किनारमा रहेको कर्णाली नदीमा रमाइलो गरेका छन् । “पार्क सुन्दर छ भन्ने सुनेर नयाँ वर्षको दिन नयाँ ठाउँ घुमौँ भनी आएका हौँ”, उनले भने, “अलौकिक आनन्द मिल्छ भन्थे, साँच्चै रहेछ । टीकापुर एकपटक पुग्ने पर्ने ठाउँ रहेछ ।”
पार्कमा आएकाहरू यहाँ सबै संरचना सुन्दर भए पनि बालबालिकाका लागि खेल्ने संरचना बनाउन सुझाव दिन्छन् । महेन्द्रनगरबाट आउनुभएकी शोभा काफ्लेले बालबालिकाका लागि खेल्ने छुट्टै स्थान, पिङ, विभिन्न सामग्रीलगायत व्उवस्था हुनुपर्नेमा जोड दिए ।
पार्कमा पहिलो दिन नै पर्यटकको घुइँचो हुनुका साथै वरपर रहेका होटल तथा पसलमा व्यापारसमेत बढेको थियो । टीकापुर बजारबाट चार किलोमिटर टाढा कर्णाली नदी किनारमा रहेको उद्यानमा नयाँ वर्षको केही दिनसम्म पर्यटकको घुइँचो लाग्ने गर्दछ ।
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया