गायिका एलिना चौहानले गरिन् बिहे (तस्बिरहरु)
मेरोन्यूज
२०८१ वैशाख ५ गते १३:१९

काठमाडौं । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् ।
झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा बुधबार उनले प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन् ।
विवाह समारोहमा उनीहरुका आफन्त र केही कलाकारहरु उपस्थित थिए ।
विवाहका लागि विष्णु मंगलबार बागलुङको घरबाट जन्ती लिएर झापा पुगेका थिए ।
तस्बिर : सामाजिक सञ्जाल




सम्बन्धित
प्रतिक्रिया