प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा सैनिक महाविद्यालयको समुद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक फिल्ड अस्पताल, सैनिक आवासीय महाविद्यालय र आपत्कालीन रिकभरी डाटा सेन्टरको समुद्घाटन गरेका छन् ।
सैनिक कल्याणकारी कोषको लगानीमा देशका सात वटै प्रदेशहरूमा सैनिक महाविद्यालय तथा सैनिक अस्पतालहरु निर्माण गर्ने नेपाली सेनाको लक्ष्य अनुरूप लुम्बिनी प्रदेश अन्तरगत बुटवलमा २५ शैय्याको सैनिक फिल्ड अस्पताल तथा शैक्षिक सत्र २०८१ बाट कक्षा ६, ७ र ८ सम्मको अध्यापनको सुरुवात गर्ने गरी सैनिक महाविद्यालयको निर्माण गरिएको हो । त्यसै गरी, नेपाली सेनामा हाल प्रचलनमा रहेको डिजिटाइजेसनका महत्त्वपूर्ण दस्तावेजहरुको आपत्कालीन रिकभरीको लागि डाटा सेन्टरको निर्माण गरिएको हो ।
नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक तथा आश्रित हिताधिकारीहरुलाई शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच आफू बसोबास गर्ने प्रदेशमा नै प्रदान गर्ने बृहत् सैनिक कल्याणकारी कार्यक्रम अन्तरगत उक्त सैनिक महाविद्यालय तथा सैनिक फिल्ड अस्पतालको निर्माण भएको हो । यससँगै देशको सातवटै प्रदेशमा सैनिक महाविद्यालय सञ्चालन भएका छन् ।
सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयहरूमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाका सन्ततिहरू ६० प्रतिशत र गैर सैनिकका सन्ततिहरू ४० प्रतिशतले गुणस्तरीय शिक्षा लिने अवसर प्राप्त गर्दै आएका छन् ।
समुद्घाटन समारोहमा बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया