बुवा बन्दै जस्टिन बिबर
मेरोन्यूज
२०८१ वैशाख २८ गते १२:२७

काठमाडौँ । क्यानडाका गायक जस्टिन बिबर बुवा बन्न लागेका छन् । उनले पत्नी हेलीको बेबी बम्पसहितको तस्बिर सेयर गर्दै गर्भवती भएको घोषणा गरेका हुन् ।
जस्टिनले आज आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा भिडियो र केही तस्विर शेयर गरेका छन् । तस्विरमा उनकी श्रीमती हेलीको बेबी बम्प स्पष्ट देखिन्छ ।
जस्टिन र हेलीले जुलाई ७, २०१८ मा इन्गेजमेन्ट गरेका थिए । उनीहरुले २०१९ मा परिवार र साथीहरूको लागि दक्षिणी क्यालिफोर्नियामा विवाह समारोह गरेका थिए।
सम्बन्धित
प्रतिक्रिया