टीकापुरका पशुपालक किसानका समस्या समाधान गर्न छलफल

टीकापुर । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका पशुपालक किसान र सरोकारवालासँग छलफल गरेको छ ।
पशुपालनबाहेक अन्य कृषिकर्ममा लागेका किसानसमेतको सहभागितामा भएको छलफलमा किसानका समस्या, उत्पादन, योजनालगायत उत्पादकत्व वृद्धिका समग्र पक्षबारे विचार व्यक्त भएको थियो । दूध र मासुमा आत्मनिर्भर हुनसके दूध तथा दूग्धजन्य पदार्थका लागि रकम बाहिरिने रकम स्वदेशमा नै उपयोग हुने वास्तविकतातर्फ पनि किसानको ध्यानाकर्षण गरिएको थियो ।
विशेष गरी पशुपालक किसानले दाना र घाँसको समस्या समस्या, उत्पादन उचित मूल्य र सहज रूपमा बजारको पहुँच विस्तारमा जोड दिएका थिएभने अन्यले मल, सिँचाइ र उन्नत बीउको प्राप्तिमा सघाउन एकाइका पदाधिकारीलाई अनुरोध गरेका थिए ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रमुख भरत कँडेलले प्राप्त सुझाव तथा माग सम्बोधनका निम्ति सम्बनिधत निकायमा पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आयोजनाको कृषितर्फको यस वर्षको रु १४ करोड ८६ लाखमध्ये रु सात करोड खर्च नहुँदा ‘फ्रिज’ हुने अवस्था सृजना भएको बताइएको छ ।
















बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको भिडन्त निश्चित, गराए उम्मेदवारी मनोनयन
ताप्लेजुङका प्रभावशाली २ नेता एमालेमा प्रवेश
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया