‘दान्भी’को गीतमा पूजा र कुन्साङको रोमान्स

काठमाडौँ । आगामी असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ । सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रदिप प्रखर पोखरेलको शब्द रचना छ ।
गीतमा फिल्मकी मुख्य अभिनेत्री पूजा शर्मा र डेब्यु अभिनेता कुन्साङ बोमजनको रोमान्स देखाइएको छ ।
रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । देव मगर र अनुप गडाल निर्माता हुन् । सह-निर्माताहरुमा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल छन् । सन्जोग कुवँर रानाको पटकथा/संवाद तथा रविना थापा मगरको कथा रहेको फिल्ममा हरिप्रसाद घलेको डीओपी र बन्दे प्रसादको सम्पादन छ ।
पूजाले ‘दान्भी’ मा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशक र कविराज गहतराज तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।
गीतको लिंक- https://youtu.be/mA5v8KPu3CU?list=PLiwqdSEKq2OU8_6fm17VROB_qLEjxh-84
















सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया