वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने
मेरोन्यूज
२०७७ चैत १७ गते २०:१९

काठमाडौं । सरकारले शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन उनको निवास पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले शताब्दी पुरुष जोशीको नाममा विद्यालय स्थापना गर्न लागेको बताएका हुन् ।
विद्यालय खोल्नेबारे सरकारको आगामी वर्षको नीति, कार्यक्रममा राखिने पनि उनको भनाइ छ । कहाँ स्थापना गर्ने भन्ने हालसम्म टुङ्गो नलागेको भए पनि विद्यालयको आवश्यकता भएको तथा घनाबस्ती भएको ठाउँमा स्थापना गरिने उनले बताए ।
शताब्दी पुरुष जोशीको नाममा स्थापना हुने विद्यालयलाई देशकै नमूना विद्यालयको रुपमा विकास गरिने पनि उनले बताए ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया