वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने
मेरोन्यूज
२०७७ चैत १७ गते २०:१९

काठमाडौं । सरकारले शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन उनको निवास पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले शताब्दी पुरुष जोशीको नाममा विद्यालय स्थापना गर्न लागेको बताएका हुन् ।
विद्यालय खोल्नेबारे सरकारको आगामी वर्षको नीति, कार्यक्रममा राखिने पनि उनको भनाइ छ । कहाँ स्थापना गर्ने भन्ने हालसम्म टुङ्गो नलागेको भए पनि विद्यालयको आवश्यकता भएको तथा घनाबस्ती भएको ठाउँमा स्थापना गरिने उनले बताए ।
शताब्दी पुरुष जोशीको नाममा स्थापना हुने विद्यालयलाई देशकै नमूना विद्यालयको रुपमा विकास गरिने पनि उनले बताए ।
सम्बन्धित














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
झापा सवारी दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया