अनमोलकाे ‘फर्की फर्की’ ले ४ दिनमा कति कमायाे ?

काठमाडौं । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’ गत बिहीबारदेखि हलमा प्रदर्शनरत छ ।
युवापुस्ता दर्शकको उच्च आर्कषणका कारण फिल्मले रिलिजको पहिलो दिनदेखिनै उत्कृष्ट व्यापार गरिरहेको छ । राजधानीसहित देशभरिका हलमा फिल्मले भरपुर मात्रामा दर्शकको साथ पाइरहेको छ ।
‘पहिलो दिन फर्की फर्कीले ब्लकबस्टर ओपनिङ गरेको छ। यसदिन फिल्मले करिब १ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको बताइएको छ ।
यसैगरी रिलिजको दोस्रोदिन फिल्मले ४० लाख हाराहारीमा कमाई गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
शनिबार फर्की फर्की हेर्नका लागि हलमा दर्शकहरु उर्लिएका थिए । यसदिन हलहरुमा थेग्नै नसकिने गरि दर्शकको भिँड देखिएको थियो । निमार्ण पक्षका अनुसार शनिबार फिल्मले करिब १ करोड २० लाखसम्म व्यापार गरेको थिथो ।
आइतबार भने फिल्मको कमाइमा गिरावट आएको छ । यसदिन करिब ३० लाखसम्म कलेक्सन भएको बुझिएको छ ।
सुयोग गुरुङको लेखन र निर्देशन रहेको ‘फर्की फर्की’ अनमोल र जसितासहित रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ। टाइम लुपको कथामा बनेको यस फिल्मको निर्माता रोहित अधिकारी हुन्।
















इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया