‘खुवालुङ’को संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्छु: मुख्यमन्त्री राई

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन् ।
उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै उनले विश्वमा रहेका नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी आकर्षक केन्द्रका रूपमा विकास गरी पर्यटकको आगमन वृद्धि गराउने प्रतिबद्धता व्यक्त गरे ।
जलयात्राका सम्बन्धमा विज्ञहरुद्वारा विस्तृत अध्ययन गरी खुवालुङ दायाँबायाँ पानीजहाज सञ्चालन गर्ने सम्बन्धमा काम भइरहेको बताउँदै उनले यस क्षेत्रका बृहत् विकास योजनाका लागि सङ्घीय सरकारले सहयोग गर्ने बताए । मुख्यमन्त्री राईले सङ्घीय र प्रदेश सरकारले खुवालङ (ढुङ्गा) फुटाउने सम्बन्धमा कुनै निर्णय नगरेको प्रष्ट पार्दै यस सम्बन्धमा भएका गलत प्रचार र भ्रममा नपर्न आग्रह समेत गरे ।
उनले समृद्धिको आधार कोशी नदी भएको चर्चा गर्दै धार्मिक, सांस्कृतिक र यस क्षेत्रका सम्पदाको उत्थान गरी जलयात्रालाई किमाथाङ्का पुर्याउने सम्बन्धमा आवश्यक अध्ययनलाई प्राथमिकता दिइएको पनि जानकारी गराए ।
किराँत यायोक्खाका केन्द्रीय समितिका अध्यक्ष दिवस राईले किराँतका पुर्खाले खुवालुङको पूजा गरेर नै सुनसरी, उदयपर, भोजपुर र धनकुटामा बस्ती विस्तार गरी बसोबास गरेको जानकारी दिँदै यसको संरक्षण गरी धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए ।
डोर वे इन्टरनेसलका नेपाल अध्यक्ष एवं जलयातायातविज्ञ विपुलराज पाण्डेले खुवालुङ दायाँबायाँ पाँच मिटर छाडेर जलयात्रा सञ्चालन गर्ने जानकारी दिँदै यसलाई फुटाउने सम्बन्धमा कहीँकतै कुरा नआएको बताए । उनले २ सय ६४ किलोमिटर दोलालघाटसम्मको जलयातायात सञ्चालनका लागि थप अध्ययन गरिने बताए ।
जलयातायात सञ्चालक राजेन्द्र कार्की खुवालुङबाट कुनै समस्या नआएको बताउन्छन् । सप्तकोशीमा जलयातायात सञ्चालन भइरहेको अवस्थामा अरुण, तमोर र दूधकोशीको सङ्गमस्थलमा खुवालुङ (किराँत भाषामा खुवा भनेको पानी र लुङ भनेको ढुङ्गा) अर्थात् पानीमाथिको ढुङ्गाको छेऊ भएर मोटरबोट सञ्चालन भइरहेको अवस्थामा केही दिन अगाडि सङघीय र प्रदेश सरकारले उक्त ढुङ्गा फुटाउँदै छ भन्ने गरी समुदायमा भ्रम सिर्जना गरिएको थियो । (रासस)
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया