बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ ।
यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ ।
समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन ।
एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहु निमार्ण गरिएको छ ।
एउटी बुहारी पनि कसैकी छोरी हो। त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ ।
अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ ।
केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टी सुब्बा , सम्राट अधिकारी , रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेल को अभिनय छ ।
भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।
‘बहुरानी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया